शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दुई घण्टा कुराएपछि सुरु भयो निलम्बित प्रधानन्यायाधीशसँग बयान

बुधबार, १५ भदौ २०७९, १२ : ५४
बुधबार, १५ भदौ २०७९

महाभियोग सिफारिस समितिले झन्डै २ घण्टा कुराएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयान लिन सुरु गरेको छ ।  राणा निर्धारित समयमै सिंहदरवार पुगे पनि दुई घण्टा पछि मात्र बैठक सुरु भएको हो । 

गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलोपटक राणासँग बयान लिन सुरु गरेकाे हाे । 

जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको थियो । सर्वोच्च अदालत बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई यसअघि नै प्रमाण उपलब्ध गराइसकेको छ ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, डा. शिवमाया तुम्बाहाङ्फे, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट र रेखा शर्मा रहेका छन्  । सुनुवाइ समितिको बैठकको अध्यक्षता जेष्ठ सदस्य रामबहादुर बिष्टले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप