अखिल क्रान्तिकारीले सुरु गर्यो त्रिवि बचाउ अभियान
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ अभियान सुरु गरेको छ। उक्त संगठनले आज एक विज्ञप्ति जारी गरी त्रिवि बचाउ अभियान सुरु गरेको हो । जारी विज्ञप्तिमा विश्वविद्यालय सुधारका लागि आन्दोलनको आवश्यकता नसकिएको भन्दै विश्वविद्यालय रुपान्तरणका लागि आन्दोलनहरुको स्वरूप बदल्ने उचित समय आएको उल्लेख छ ।
विज्ञप्ति जारी गर्दै सो विद्यार्थी संगठनले संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ। संघर्षका कार्यक्रमहरुमा विम्वात्मक रुपमा भदौ १५ देखि २२ गतेसम्म २४ सै घण्टा विश्वविद्यालय खुल्ला राखिनेछ । सो कार्यक्रम अन्तर्गत कक्षाकोठाहरु खुल्ला राख्दै पढाई सुचारु गर्ने र सबै तहका कार्यकक्षहरु खुल्ला राख्ने विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै सो कार्यक्रममा विम्वात्मक रुपमा बत्तीहरु पनि बालिने र पानीको धाराहरु खुल्ला राखिनेछ भने विश्वविद्यालयका गेटहरु खुल्ला राखिने जनाइएछ । विज्ञप्तिमा विश्वविद्यालय सुधारका लागि राख्दै आएका मागहरु पुरा नगरिए थप संघर्षका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण