आजदेखि खुल्यो श्रृजनशील लघुवित्तको आइपीओ
बुधबार, १५ भदौ २०७९, ०३ : ००
आजदेखि श्रृजनशील लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) बिक्री खुलाएको छ । कम्पनीले सर्वसाधारणका लागि आजदेखि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुलाएको हो ।
जसअनुसार, लघुवित्तको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओमा आवेदन दिन सकिनेछ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।
कूल बिक्री खुलाइएको आइपीओमध्ये कर्मचारीले ५ हजार ४७० कित्तामा आवेदन दिन सक्नेछन् । यस्तै, लघुवित्तको १९ हजार ६९० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सांसद तामाङ जोडिएको सहकारी समस्याग्रस्त घोषणा
-
रेडियो नेपाल र एनटिभी पीएसबीमा रूपान्तरण भएको सन्दर्भमा पूर्वारम्भ कार्यक्रम हुने
-
नुवाकोटको तारुकामा यसवर्ष १४ हल गोरु जुधाइने
-
अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ल प्रहरीको नियन्त्रणमा
-
१० बजे १० समाचार : रवि आज पनि हिरासतमा, प्रचण्ड सुकुटेतिर
-
तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी