काठमाडौँ वर्ल्ड स्कुलमा झडप, डीएसपीको नेतृत्वमा प्रहरी परिचालन
बुधबार, १५ भदौ २०७९, १२ : १२

भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थित काठमाडौँ वर्ल्ड स्कुलमा झडप भएको छ । विद्यार्थीहरुको बीचमा मंगलबारबाट शुरु भएको विवाद झडपमा परिणत भएपछि डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।
गुण्डुमा अवस्थित सो स्कुलमा गुण्डुका स्थानीय विद्यार्थी र काठमाडौंबाट गएर अध्ययन गरिरहेका विद्यार्थीको बीचमा बिवाद भएपछि स्थानीयले कारवाहीको माग गरेर विरोध गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डीएसपी) राजु पाण्डेले बताए ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बीचमा मंगलबार विवाद भएको थियो । स्थानियले काठमाडौंबाट अध्ययन गर्न आउने विद्यार्थीलाई स्कुल प्रशासनले कारवाही नगरेको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन् । स्थिति नियन्त्रणमा लिन प्रहरी वृत जगातेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : लस पल्मस र रियाल भालाडोलिडले अंक बाँडे
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
बुण्डेस लिगामा बायर्न म्युनिखको अग्रता थप चुलियो
-
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
तुलसीपुर बजार क्षेत्रका विद्युत तार फेरियो
-
पर्यटन प्रवर्द्धन : मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा