ट्राफिक प्रहरीले थाल्यो सवारीको अवस्थाबारे चेकजाँच (फोटोफिचर)

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनको अवस्थाबारे चेकजाँच शुरु गरेको छ । बुधबार त्रिभुवन विश्वविद्यालयको गेटमा प्रहरी प्रधान कार्यालयका प्राविधिकहरुको सहयोगमा चेकजाँच गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए ।
काठमाडौं हुँदै मकवानपुर र वीरगञ्ज चल्ने टाटा सुमो, बोलेरो, माइक्रोबस र सामान ओसार्ने भ्यानको ब्रेक, स्टेरिङ र इन्जिन आयलको अवस्थाबारे जाँच गरिएको छ । चेकजाँचको क्रममा ३४ वटा सवारी साधनमा त्रुटी भेटिएको एसएसपी भट्टले जानकारी दिए । इन्जिनको अवस्था नाजुक भएका ३ वटा सवारी साधानलाई ट्राफिक प्रहरीले होल्ड गरेको छ । अन्य सवारी साधनलाई ५ सय जरिवाना गरेर सवारीको अवस्था सुधार्न चेतावनी दिएको छ ।
काठमाडौंबाट वीरगञ्ज चल्ने एउटा माइक्रोबसको ह्याण्ड ब्रेक नै नलाग्ने गरेको भेटिएको छ । चेकजाँच गरेका मध्ये टाटा सुमोहरु ९८ प्रतिशतमा समस्या देखिएको छ । सार्वजनिक सवारीको अवस्था चेकजाँचका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआइजी मिरा चौधरी आफैं फिल्डमा पुगेकी थिइन् । सवारीको अवस्थाबारेको चेकजाँच निरन्तर चल्ने एसएसपी भट्टले जानरकारी दिए । फोटो– सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त