शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्ति पत्र

बुधबार, १५ भदौ २०७९, १२ : ०२
बुधबार, १५ भदौ २०७९

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यहरूलाई नियुक्ति पत्र  प्रदान गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री  शर्माले आयोगका संयोजक तथा दुई सदस्यलाई नियुक्ति पत्र  प्रदान गरेका हुन् ।

आर्थिक वर्ष २०७९/२०८० बजेटको बुँदा नम्बर ३६७ मा (राष्ट्र सेवक कर्मचारीको न्यूनतम तलब र सुविधा पुनरावलोकन गर्न र श्रमिकहरूको तलब सुविधा को अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न एक उच्च स्तरीय तलब सुविधा आयोग गठन गरिनेछ)उल्लेख भए अनुसार अर्थ मन्त्री शर्माको प्रस्तावमा मन्त्रिपरिषद्ले यही भदौ ६ गते आयोग गठन गरेको थियो।  

आयोग पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठन भएको हो । संयोजक पौड्यालसहित सदस्यहरू पूर्व सचिव विमल वाग्ले र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डेलाई नियुक्ति पत्र  प्रदान गरिएको हो ।

आयोगले नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम  बमोजिम राष्ट्रसेवक कर्मचारीहरूको तलबमान समायोजन गर्न सिफारिस  गर्नेछ । त्यस्तै नेपालका सम्पूर्ण श्रमिकहरूको पारिश्रमिक , सेवा तथा सुविधाका मापदण्डहरू पनि सिफारिस  गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप