नेपालमा विश्वकपको ट्रफी सार्वजनिक (फोटोफिचर)
बुधबार, १५ भदौ २०७९, ११ : ५९

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी आज भक्तपुर दरबार स्क्वायरमा सार्वजनिक भएको हो ।
ट्रफी आजै नै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा पुर्याइनेछ । टी–ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री लगायतले ट्रफी सार्वजनिक गरेका हुन् ।
यसअघि नेपालमा सन् २०१९ को एकदिवसीय क्रिकेटको ट्रफी सार्वजनिक भएको थियो । विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए यूके एकता अधिवेशनमा सहभागी हुन संयोजक शेष घले लन्डनमा
-
भ्रष्टाचारको नायकलाई क्यानको महानिर्देशक बनाउने काम भयो - झलनाथ खनाल
-
वरिष्ठ पत्रकार बस्नेतको अन्त्येष्टि, सभापति देउवाद्वारा दुःख व्यक्त
-
कल्पनाशील भागीरथी श्रेष्ठको साहित्यिक यात्रा
-
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नयाँ नेतृत्व चुन्न मतदान
-
प्रधानमन्त्री कप क्रिकेटः बागमतीले कोशीलाई हरायो