बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

समितिमा बयान दिन सिंहदरबार पुगे चोलेन्द्र

बुधबार, १५ भदौ २०७९, ०४ : ००
बुधबार, १५ भदौ २०७९

महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा बयान दिन सिंहदरबार पुगेका छन् । तर महाभियोग सिफारिस समितिको बैठक ११ बजे बस्ने भनिए पनि अझै सुरु भएको छैन । राणा निर्धारित समयमै सिंहदरबार पुगे पनि बैठक सुरु नहुँदा संसद सचिवालयका महासचिवको कार्यकक्षमा प्रतिक्षारत छन् ।  

नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक राणासँग बयान लिन लागेको हो । 

जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको थियो ।  सर्वोच्च अदालत बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई यसअघि नै प्रमाण उपलब्ध गराइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप