नवलपरासीको विद्युत प्रसारण लाइन अलपत्र
–भुवन कार्की
पश्चिम नवलपरासीको सुनवलदेखि बर्दघाटसम्मको विद्युत प्रसारण लाइन निर्माणको काम रोकिएको छ । उक्त प्रसारण लाइनमा पर्ने सालका रुख काट्ने अनुमति नपाउँदा काम अलपत्र परेको हो । सुनवल– १३ सुर्यबस्तीमा न्यू बुटवल सब–स्टेशनको निर्माण कार्य सम्पन्न भइसके पनि प्रसारण लाइनको काम पूरा नहुँदा २२० केभीको डबल सर्किट प्रसारण लाइन चितवनको भरतपुर जोड्ने योजना अधुरो बनेको छ ।
भदौ १५ सम्म निर्माण सम्पन्न गर्नुपर्ने भएपनि वन मन्त्रालयबाट रुख कटानको अनुमति नपाउँदा प्रसारण लाइनको काम सुरु हुन नसकेको हो । आयोजना सम्पन्न गर्न एक वर्षको समय थपिएको आयोजना प्रमुख विश्वरञ्जन मिश्रले जानकारी दिए ।
२१ किलोमिटर लामो प्रसारण लाइन अन्तर्गत पर्ने वन क्षेत्रमा १५ हजार रुख कटान गर्नुपर्ने प्रारम्भिक प्रक्षेपण गरिएपनि दोस्रो सर्वेक्षणले ५ हजार मात्र रुख कटान गर्नुपर्ने निष्कर्ष निकालेको छ । जसको अनुमति वन मन्त्रालयबाट नपाउँदा काममा ढिलाई भएको आयोजनाले जनाएको छ । ६४ करोड १४ लाखको लागतमा पावर चाइना सेप्को वान इलेक्ट्रिक पावर कन्स्ट्रक्सनले उक्त प्रसारण लाइन निर्माणको ठेक्का पाएको छ ।
प्रसारण लाइन निर्माण सम्पन्न भएपछि बुटवलदेखि बर्दघाट, चितवनको भरतपुर हुँदै पूर्वी नेपालसम्म उच्च क्षमताको गुणस्तरीय विद्युत वितरण गर्न सकिने छ । सुनवलमा १ अर्ब ८० लाखको लागतमा सब–स्टेशन निर्माण भइसकेको छ । तर प्रसारण लाइन निर्माणमा भएको ढिलाइले सब–स्टेशनबाट विद्युत प्रसारण पूर्ण रुपमा हुन सकेको छैन । प्रसारण लाइनका लागि टावरहरु निर्माण भैरहेको आयोजनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान