शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा सशस्त्र प्रहरीद्वारा करोडौंको अवैध सामान बरामद

बुधबार, १५ भदौ २०७९, ०८ : ५२
बुधबार, १५ भदौ २०७९

मधेस प्रदेशमा सशस्त्र प्रहरीको टोलीले मात्र एक महिनाको अवधिमा करोडौंको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरको बिशेष निर्देशनमा आठवटै जिल्लाबाट छुट्टाछुट्टै गस्ती टोलीले करोडौंको अवैध सामान बरामद गरेको हो।

गत साउन मसान्तमा ४ करोड ५२ लाख, ४३५ रुपैया बराबरको भारत बाट अवैधरूपमा भित्र्याइएको कपडा, किराना, हार्डवेयर लगायत सामान बरामद गरि आवश्यक कार्वाहीको लागि संबन्धित निकायको जिम्मा लगाइएको डीआईजी मगरले रातोपाटीलाई जानकारी दिए । त्यसैगरी १ करोड ८४ लाख, ६५ हजार बराबरको तस्करी लगायत विभिन्न अवैध काममा प्रयोग भएको ६७ थान सवारीसाधन सशस्त्र प्रहरीले बरामद गरेको छ ।

स्रोत नखुलेको १७ लाख,८२५ रुपैया बरामद गर्नुका साथै विभिन्न गैरकानुनी काममा लागेका १९ जनालाई पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याएको सशस्त्र प्रहरी नेपाल छिनमस्ता बाहिनी बर्दिबासले जनाएको छ । त्यस्तै ६ लाख ६१ हजारको चौपाया,८ लाख १६ हजार बराबरको अवैध काठ,बरामद गर्नुका साथै ५५ सय थान विभिन्न प्रकारको लागुऔषध,७६० किलोग्राम गांजा बरामद गरेको छ । 

साउन मसान्तमा ५ जना चेलीबेटी उद्वार,८६ पटक संयुक्त गस्ती,९ पटक समकक्षी बैठक र १८ पटक लिंक गस्ती भएको सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालय बर्दिबासले जनाएको छ । सशस्त्र प्रहरीको सक्रियताले विगतको भन्दा तस्करी कम हुंदै गएको दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप