बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्तिम सोभियत नेता मिखाइल गोर्भाचोभको निधन

बुधबार, १५ भदौ २०७९, ०७ : ३२
बुधबार, १५ भदौ २०७९

शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ मा सत्तामा पुगेका गोर्भाचोभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र सुधारको खाका प्रस्तुत गरेका थिए ।

तर उनले सोभियत संघको पतन रोक्न सकेनन्, जसका कारण आधुनिक रूसको उदय भयो । उनको निधनमा विश्व नेताले श्रद्धाञ्जली अर्पण गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्भाचोभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप