शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, १५ भदौ २०७९, ०५ : ५८
बुधबार, १५ भदौ २०७९

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९७ पैसा रहेको छ।  

बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ७१ पैसा र बिक्री दर १४९ रुपैयाँ ४२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप