आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

खाद्य सहायता जहाज युक्रेनबाट यमन प्रस्थान

मङ्गलबार, १४ भदौ २०७९, २३ : ००
मङ्गलबार, १४ भदौ २०७९

विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले ३७ हजार मेट्रिक टन गहुँ बोकेको  जहाज मङ्गलबार युक्रेनको युजन्हीको ब्ल्याक सी बन्दरगाहबाट यमनतर्फ प्रस्थान गरेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । गत “फेब्रुअरीमा (रूसी–युक्रेनी) द्वन्द्व सुरु भएदेखि युक्रेनबाट भएको खाद्य सहायताको यो दोस्रो सामुद्रिक ढुवानी हो,“ विज्ञप्तिमा भनिएको छ ।

यो ढुवानीले यमनका करिब ४० लाख मानिसलाई एक महिनाका लागि सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ । यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ जसले देशको अर्थतन्त्र ध्वस्त भएको छ र लाखौँलाई भोकमरीमा धकेलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप