शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन अक्टोबर १६ देखि

मङ्गलबार, १४ भदौ २०७९, २२ : ४९
मङ्गलबार, १४ भदौ २०७९

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन आगामी अक्टोबर १६ देखि राजधानी बेइजिङमा आयोजना गरिने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक र २०औँ चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक आयोजना गरेको हो । 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङको अध्यक्षतामा भएको सो बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको  २० औं महाधिवेशन  अक्टोबर १६ मा  बेइजिङमा  आयोजना गर्ने प्रस्ताव गरेको छ । बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ केन्द्रीय समितिको सातौं पूर्ण बैठक अक्टोबर ९ तारिख बेइजिङमा आयोजना गर्ने निर्णय गरेको छ। 

सम्पूर्ण पार्टी र सिङ्गो राष्ट्रले सबै हिसाबले आधुनिक समाजवादी देश निर्माणको नयाँ यात्रामा अघि बढेकाले २०औँ चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन महत्त्वपूर्ण क्षणमा बोलाइने महाधिवेशन भएकोमा जोड दिइएको बैठकमा उल्लेख गरिएको छ । सो अवसरमा दोस्रो शताब्दी लक्ष्य तिर अगाडि बढ्न पनि आग्रह गरिएको छ। 

महाधिवेशनले चिनियाँ विशेषतासहितको समाजवादको  लक्ष्यमा माक्र्सवाद–लेनिनवाद, माओत्सेतुङ विचारधारा, देङ सियाओपिङ सिद्धान्त, तीन प्रतिनिधिको सिद्धान्त र विकासको वैज्ञानिक दृष्टिकोणलाई समर्थन गर्ने र चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङको विचारलाई पूर्णरूपमा कार्यान्वयन गर्ने  जनाइएको छ ।

त्यसैगरी महाधिवेशनले कार्ययोजना र प्रमुख नीतिहरू तर्जुमा गर्ने, पार्टीका सबै सदस्य र देशका सबै जातजातिलाई इतिहासप्रति विश्वास कायम गर्न, ऐतिहासिक पहललाई सुदृढ गर्न, भएका कामका आधारमा नयाँपन र बहादुरीका साथ अगाडि बढ्नको लागि परिचालन गर्ने पनि बताइएको छ ।

पञ्चक्षेत्रीय एकीकृत योजना र चार(पक्षीय एकीकृत योजनालाई अगाडि बढाउनका लागि पार्टी सदस्यहरू र देशभरका सबै जातजातिका मानिसहरूलाई परिचालन गरिने पनि बताइएको छ ।  साथै सबैको साझा समृद्धिलाई अगाडि बढाउने, पार्टी निर्माणको महान् नयाँ परियोजनालाई अगाडि बढाउने र मानवताको साझा भविष्यसहितको समुदायको निर्माणलाई प्रवर्द्धन गर्ने गरी समन्वयात्मक ढङ्गले विस्तारित बृहत् रणनीति  निर्माण गरिने पनि जनाइएको छ ।

चीनलाई आधुनिक समाजवादी राष्ट्रको रूपमा निर्माण गर्न र चिनियाँ राष्ट्रको महान् पुनर्जागरणलाई सबै पक्षमा अगाडि बढाउनका लागि सबै पार्टीका सदस्यहरू र देशका सबै जातजातिका जनतालाई एकसाथ काम गर्न परिचालन गरिने बताइएको छ । महाधिवेशनले अन्तराष्ट्रिय र घरेलु परिस्थितिको गहन समीक्षा गर्दै नयाँ युगमा पार्टी र देशको विकासका लागि नयाँ आवश्यकताका साथै जनताका नयाँ अपेक्षालाई व्यापक रूपमा बुझ्ने गरी निर्णय लिने छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप