शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मकवानपुरका १० वटा स्थानीय तहहरूका २०६ वटा उजुरीहरू दर्ता

मङ्गलबार, १४ भदौ २०७९, २१ : ४३
मङ्गलबार, १४ भदौ २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा गत आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरका १० वटा स्थानीय तहहरूका २०६ वटा उजुरीहरू दर्ता भएको छ । कार्यालयका सूचना अधिकारी विष्णु प्रभा सापकोटाका अनुसार मकवानपुरका स्थानीय तहहरूका अघिल्लो आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएको १०४ वटा र गत आर्थिक वर्षमा दर्ता भएका २०६ वटा गरी  ३१० वटा उजुरीहरू प्राप्त भएको छ ।  

उनका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको मध्येबाट ७५ वटा र गत आर्थिक वर्षमा दर्ता भएको १५२ वटा गरी २२७ वटा उजुरी फछ्र्यौट गरिएको छ । अन्य ८३ वटा उजुरीहरु भने फछ्र्यौट हुन बाँकी रहेको सुचना अधिकारी सापकोटाले बताए । मकवानपुरमा सबैभन्दा हेटौंडा उपमहानगर पछि मनहरी गाउँपालिकाबाट सबैभन्दा बढि उजुरी दर्ता भएको देखिन्छ । उजुरीमा रसिद दुरुपयोग भएका प्रवृतिको उजुरी सबैभन्दा बढी परेको बताएका छन् । आयोगमा सार्वजनिक खरिद र निर्माणसँग सम्बन्धि उजुरी, उपभोक्ता समितिसँग सम्बन्धित उजुरी, प्रशासनिक कार्य र तालिम क्षमता विकास सम्बन्धका उजुरीहरू परेका सूचना अधिकारी सापकोटाको भनाइ छ ।

प्रायः सेवा प्रवाह र नदीजन्य पदार्थ उत्खनन् तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धित उजुरी आएको उनले बताए । आयोगमा शिक्षा क्षेत्र, सार्वजनिक जग्गाको संरक्षण, सामाजिक सुरक्षा भत्ता, राजश्व चुहावट र अपचलन जस्ता विषयका उजुरीहरू दर्ता भएको सापकोटाले बताए ।

मकवानपुरमा सबैभन्दा बढी उजुरी हेटौंडाको

आयोगको हेटौंडा स्थित कार्यालयमा प्राप्त उजुरीहरु मध्ये गत आर्थिक वर्ष २०७८/०७९ मा हेटौंडा उपमहानगरपालिकाबाट सबैभन्दा बढी १६९ उजुरी दर्ता भएको तथ्याङ्क रहेको छ । कार्यालयको तथ्याङ्कमा उल्लेख भए अनुसार मकवानपुरको अन्य स्थानीय तहको तुलनामा हेटौंडा उपमहागरपालिकाबाट गत आर्थिक वर्षमा १२४ वटा उजुरीहरु परेको उल्लेख गरिएको छ । सूचना अधिकारी सापकोटाका अनुसार थाहा नगरपालिकाको ८ वटा, इन्द्र सरकोवर गाउँपालिकामा ४ वटा, कैलाश गाउँपालिकाको १२ वटा, बकैयाको २१ वटा, बागमती गाउँपालिकाको ६ वटा, भीमफेदी गाउँपालिकाको १२ वटा, मकवानपुरगढी गाउँपालिकाको २० वटा, मनहरी गाउँपालिकाको ४२ वटा, राक्सिराङ गाउँपालिकाको १६ वटा उजुरी परेको छ ।

हेटौंडा उपमहानगरपालिकाको अघिल्लो आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएको ४५ वटा र गत आर्थिक वर्षमा दर्ता भएको १२४ वटा गरि १६९ उजुरी दर्ता भएको उनले बताए । उक्त उजुरीहरु मध्ये आयोगले गत आर्थिक वर्षमा ११८ वटा उजुरीहरुको छानविन गरी फछ्र्यौट गरेको छ । जसमा अघिल्लो आर्थिक वर्षको ३२ वटा र गत आर्थिक वर्षको ६ वटा रहेका छन् । अघिल्लो आर्थिक वर्षको १३ र गत आर्थिक वर्षको ३ वटा गरी ५१ वटा उजुरीहरु चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएको सूचना अधिकारी सापकोटाले जानकारी दिए ।

यसैगरी थाहा नगरपालिकाको ८ वटा उजुरी दर्ता भएका छ । दर्ता भएको उजुरी मध्ये ७ वटा उजुरी फछ्र्यौट भइसकेको छ । यस्तै इन्द्र सरोवर गाउँपालिकाको ४ वटा उजुरी दर्ता भई ४ वटै उजुरी फछ्र्यौट भएको सूचना अधिकारी सापकोटाले बताए ।

कैलाश गाउँपालिकामा १२ वटा उजुरी दर्ता भएमा ९ वटा फछ्र्यौट भएको तथ्याङमा उल्लेख छ । बकैया गाउँपालिकामा २१ वटा उजुरी दर्ता भएको र १६ वटा उजुरी फछ्र्यौट भएको छ । बागमती गाउँपालिको भने ६ वटा उजुरी दर्ता भएकोमा ५ वटा फछ्र्यौट भएको छ । भीमफेदी गाउँपालिकाको दर्ता भएको १२ वटा उजुरीमध्ये ८ वटा फछ्र्यौट भएको छ ।

मकवानपुरगढी गाउँपालिकाको २० वटा उजुरी दर्ता भएकोमा १४ वटा उजुरी फछ्र्यौट भएको छ । मनहरी गाउँपालिकाको दर्ता भएको ४२ वटा उजुरी मध्ये ३६ वटा फछ्र्यौट भएको छ । राक्सिराङ गाउँपालिकाको १६ वटा उजुरी दर्ता भएकोमा १० वटा फछ्र्यौट भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप