बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपाल बैंकबाट आईपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

मङ्गलबार, १४ भदौ २०७९, २१ : ३७
मङ्गलबार, १४ भदौ २०७९

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरूले नेपाल बैंकबाट निःशुल्क रूपमा आईपीओ भर्न सक्नेछन् । 

हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । नेपालभर २१९ शाखाहरू, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप