सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन : डोटीबाट आनन्द विष्टको उम्मेदवारी घोषणा

मङ्गलबार, १४ भदौ २०७९, २० : ५१
मङ्गलबार, १४ भदौ २०७९

नेपाली कांग्रेसका युवा नेता आनन्द विष्टले डोटीबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा डोटीबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

डोटीमा कांग्रेसले गठबन्धन नगरी एक्लै जानुपर्ने भन्दै उनले कांग्रेसबाट आफ्नो उम्मेदवारी रहने बताए । स्थानीय तहको निर्वाचनमा डोटीका नौ वटा स्थानीय तह मध्य नेपाली काँग्रेस ७ नेकपा एमाले १ नेकपा माओवादी केन्द्र १ स्थानीय तहमा निर्वाचित भएको छ । स्थानीय तहको मत परिणामको आधारमा पनि डोटीमा प्रदेश र संघमा एक्लै निर्वाचन जित्न सक्ने उनको भनाइ छ ।

कांग्रेस नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति समेत रहेका विष्ट कांग्रेसका पूर्व केन्द्रीय सदस्य पनि हुन् । उनी सन् २००५ यता १६ वर्षदेखि निरन्तर नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति रहँदै आएका छन् । ११औं महाधिवेशनदेखि विष्ट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका छन् । उनी बाहेक डोटीमा कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, संविधान सभा सदस्य भरत बहादुर खड्का, पूर्व सभापति प्रदीप देउवा, कांग्रेस कांग्रेस नेता भूमिराज बडू, कांग्रेस महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाही, कांग्रेस नेता लक्ष्मीराज पाठकलगायत पनि चुनावी चर्चामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप