सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

विद्यार्थीसहित २४८ चालक कारबाहीमा

मङ्गलबार, १४ भदौ २०७९, २० : ११
मङ्गलबार, १४ भदौ २०७९

काठमाडौं उपत्यकामा विद्यार्थी सुरक्षा लक्षित जाँच अभियानका क्रममा दुई सय ४८ चालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न ठाउँमा आज गरिएको सवारी साधन जाँच कागजपत्र साथमा नभएका सात विद्यार्थी र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई सय ४१ जना चालक कारबाहीमा परेका हुन् ।

तीमध्ये मदिरा सेवन गरी सवारी साधन चलाउने तीन चालकसमेत छन् । नयाँबसपार्क क्षेत्रबाट बा३ख १००३ नम्बरको बस चालक, बा१ज ८१८१ नम्बरको माइक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा४ख ८०५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको हो । 

पछिल्लो केही समयदेखि ट्राफिक प्रहरीले विद्यार्थी लक्षित सवारी साधन जाँच अभियान चलाउँदै आएको छ भने नियम उल्लङ्घनविरुद्धको कारबाही पनि अभियानकै रूपमा अघि बढाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप