सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्री श्रेष्ठद्वारा वसन्तपुर क्षेत्र निरीक्षण

मङ्गलबार, १४ भदौ २०७९, १९ : ५८
मङ्गलबार, १४ भदौ २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्राको तयारीबारे बुझ्न आज हनुमानढोका दरबार क्षेत्र निरीक्षण गरेका छन् । इन्द्रजात्राको तयारीबारे सम्बन्धित पक्षसँग मंगलबार भएको छलफलमा मन्त्री श्रेष्ठले हनुमान ढोका दरबार क्षेत्रमा छरपस्ट रहेका इँट्टा, जस्ताको छाप्रो र अन्य निर्माण सामग्रीले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा बाधा पुगेकाले त्यस्ता सामग्री तत्काल हटाउन निर्देशन दिएका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक महत्वको हनुमान ढोका दरबार क्षेत्र व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै उनले हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, नेपाल प्रहरी, नेपाली सेना, पुरातत्व विभाग र स्थानीय सङ्घसंस्थालाई आग्रह गरे ।

नेपालीको गौरवका रुपमा रहेको हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका सामग्रीले इन्द्रजात्रालगायत महत्वपुर्ण जात्रा व्यवस्थापनमा चुनौति सिर्जना हुने उनको भनाइ थियो । पर्यटकीय क्षेत्रलाई सुन्दर, सफा र व्यवस्थित गर्नुपर्ने बताउँदै उनले ऐतिहासिक र पुरातात्विक महत्व बोकेको वसन्तपुर क्षेत्रलाई व्यवस्थित गर्न र संरक्षणमा स्थानीय सङ्घसंस्था तथा सम्बन्धित निकायले समन्वय र सहकार्य गरी काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए ।

सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमान ढोका दरबार क्षेत्र भूकम्पका कारण क्षतिग्रस्त भएपछि अहिले पुनःनिमार्णको काम भइरहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप