सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मानव बेचबिखन मुद्दाका फरार आरोपी मकाउबाट पक्राउ

मङ्गलबार, १४ भदौ २०७९, १९ : १२
मङ्गलबार, १४ भदौ २०७९

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एकजना फरार आरोपीलाई प्रहरीले इन्टरपोलको सहयोगमा पक्राउ गरेको छ । लमजुङको दोर्दी गाउँपालिका–१ घर भएका ३८ वर्षीय नारायण प्रसाद अधिकारीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए ।

ईन्टरपोलबाट रेड नोटिस जारी भएका आरोपी  ईन्टरपोल मकाउको समन्वयमा मकाउबाट पक्राउ परेका हुन् । आरोपीलाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिसिभ गरेको छ । उनले मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनेर क्यानेडियन कम्पनीमा जागिर मिलाउने नाममा पीडितहरुलाई लिबिया लगेर अलपत्र बनाएका थिए । पीडितहरूबाट २५ सय दरले डलर र पासपोर्ट लिएर उनले दुबई लगेपछि फेरि प्रतिव्यक्ति ३ लाख आफ्नी पत्नीको खातामा डिपोजिट गर्न लगाएका थिए ।

पीडितहरुलाई लिवियाको शरणार्थी क्याम्पमा राखेको अवस्थामा लिवियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, ईजिप्टस्थित नेपाली राजदूतावास र आईओएमको समन्वयमा पीडितहरुलाई नेपाल फिर्ता ल्याइएको थियो । आरोपीमाथि थप अनुसन्धान र कारवाहीका लागी मानव बेचबिखन ब्यूरोमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप