आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगर प्रमुख गोपाल हमालले सार्वजनिक गरे १०० दिनको प्रगति विवरण

मङ्गलबार, १४ भदौ २०७९, १७ : ४८
मङ्गलबार, १४ भदौ २०७९

धनगढी उपमहानगर प्रमुख गोपाल हमालले आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । आफूले पदस्थापन गरेको १०० दिन पूरा भएको अवसरमा मंगलबार उनले ४२ बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

हमालले नगरवासीलाई विशेषज्ञ सेवाको सुनिश्चितताका लागि साउन १ देखि विशेषज्ञ वडा सदस्य क्लिनिक सञ्चालन गरेको, फोहोरमैला व्यवस्थापनका लागि विशेषज्ञसँग सम्झौता गरेको, अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सुरु गरिएको, सुशासन कायम गर्ने उद्देश्यले जनगुनासो सुन्न ‘ह्वाट्स एप’ नम्बर प्रयोगमा ल्याइएको आफ्नो १०० दिने उपलब्धिका रुपमा व्याख्या गरेका छन् ।

यस्तै, छाडा चौपाया नियन्त्रण तथा गौशाला व्यवस्थापनका लागि काम सुरु गरिएको, कैलाली पुलदेखि क्याम्पस रोडसम्मको सडक विस्तारका लागि डीपीआर निर्माण सुरु गरिएको, जेठ र असार महिनाको आफ्नो पारिश्रमिक कृष्ण गौशाला चटकपुर र दक्षिणकाली बहिरा आवासीय आधारभूत विद्यालय बेलालाई प्रदान गरिएको पनि उनले उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप