आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मल्लको अर्धशतकमा नेपालद्वारा केन्यालाई १७६ रनको लक्ष्य

मङ्गलबार, १४ भदौ २०७९, १७ : ४२
मङ्गलबार, १४ भदौ २०७९

ज्ञानेन्द्र मल्लले अर्धशतकको सहयोगमा नेपालले पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा घरेलु टोली केन्यालाई १७६ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै रोहित पौडेलले ४७ रन बनाए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए ।

केन्याका शेम एन्गोचे, भिराज पटेल र निहिमिह्या ओढियाम्हो दुई/दुई विकेट लिए । लुकास ओलुओचले एक विकेट लिए । पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। ४ खेल सकिँदा सिरिज २-२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ । टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप