एमाले प्रवेश गर्न लागेका प्रदेश सांसद तामाङलाई कारवाही
मङ्गलबार, १४ भदौ २०७९, १७ : ३८
नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम कमिटीले पूर्वमन्त्री तारा लामा तामाङलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ । उनले संसदमै एमाले प्रवेश गर्ने अभिव्यक्ति दिएका थिए ।
उनको सोही अभिव्यक्तिलाई लिएर प्रदेश अध्यक्ष हर्क बहादुर सिंहले मंगलबार विज्ञप्ति जारी गर्दै कारबाही गरेको घोषणा गरेका हुन् । विज्ञप्तिमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ भने प्रदेश सभा सदस्यको पदबाट पनि कारबाही गर्नसमेत संसदीय दललाई निर्देशन दिइएको छ ।
२०७४ मा नेकपा एमालेबाट निर्वाचित भएका तामाङ एमाले विभाजनमा नेकपा एकीकृत समाजवादी रोजेका थिए । नेकपा एकीकृत समाजवादीबाटै प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री समेत भइसकेका उनी पार्टीको सुदूरपश्चिम प्रदेश उपसचिव रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि