आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

शाहरुखको ‘जवान’ का लागि विजयले छाडे दुई एक्सन फिल्म

मङ्गलबार, १४ भदौ २०७९, १६ : १३
मङ्गलबार, १४ भदौ २०७९

बलिउड अभिनेता शाहरुख खानको एक्सन फिल्म ‘जवान’ दर्शकमाझ प्रतीक्षित सूचीमा छ । तमिल सुपरस्टार विजय सेतुपति नकारात्मक भूमिकामा देखिने फिल्म चर्चा दिन प्रतिदिन बढ्दो छ ।

मिडिया रिपोर्टका अनुसार विजयले यो फिल्मका लागि मोटो रकम लिएका छन् । उनले फिल्मका लागि २१ करोड (भारु) पारिश्रमिक लिएको बताइन्छ । यसअघि विजयले फिल्म ‘अन्तिम’ का लागि १५ करोड लिएका थिए । 

‘जवान’ का लागि विजयले २ एक्सन फिल्मको अफर पनि अस्वीकार गरेको बताइन्छ । किनभने फिल्ममा विजयको भूमिका दमदारनै रहेको छ । ‘जवान’का लेखन निर्देशक एट्ली हुन् । हिन्दीको अलवा तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज हुने फिल्म शाहरुख खानकै प्रोडक्सन हाउस ‘रेड चिलीज इन्टरटेनमेन्ट’ को ब्यानरमा निर्माण भइरहेको छ । २ जुन २०२३ मा रिलिज हुने फिल्ममा शाहरुख खान र विजयको अलवा नयनतारा र सान्या मल्होत्राको मुख्य भूमिका छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप