नेप्सेमा सामान्य वृद्धि, कारोबार १ अर्बमा खुम्चियो

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक २.३३ अंकले बढ्दै १९९५.३४ अंकमा उक्लिएको हो ।
यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज १.४९ अंकले बढेर ३८८.९५ अंकमा उक्लिएको छ । तर, यता कारोबार रकम भने घट्न पुगेको छ ।
२ अंकमाथिले बढेको बजारमा आज कुल १ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ३.७६ अंकले बढेको बजारमा १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, निर्जीबन बीमा र जीवन बीमा समूहको उपसूचक ऋणात्मक भएका छन् भने यता ट्रेडिङ, डेभलपमेन्ट बैंक, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र इनभेष्टमेन्ट समूहको उपसूचक धनात्मक भएका छन् ।
आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाका सेयर धनिहरुले ४.७७ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ