मिथिलामा तीज र चौरचन एकै दिन
हिन्दू परम्पराका दुई पर्व मंगलबार एकै दिन मनाइँदैछन् । नेपाली नारीको महान् पर्व तीज र मधेसको प्राचीन मिथिला क्षेत्रमा मनाइने चौरचन (चौठी चाँन) पर्व मंगलबार एकैदिन परेको हो ।
भाद्र शुक्ल त्रितीयाका दिन गरिने तीज व्रत र चौथीका दिनको चन्द्र दर्शनको चौरचन पर्व आज (मंगलबार) एकै दिन परेको छ । त्रितीया तिथिमा एक अहोरात्र गरिने तीज पर्व र चौथी तिथिको चन्द्रदर्शन तिथिको भोग घटबढले आज एकै दिन परेको कर्मकाण्डका ज्ञाताले बताएका छन् । तीज पर्व मनाउने नारी सोमबार गए राति ‘दर’ खाएपछि व्रतमा छन् । आज दिनभरिजसो त्रितीया तिथिको भोग रहे पनि चौथी तिथिको चन्द्र उदय भने आजै साँझ चौथी लागेसँगै आजै चौरचन मनाइने भइएको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झाले बताए । “चौरचन पर्वमा चौथीकै चन्द्रदर्शन र आराधनाको व्रत विधान छ, चौथी तिथिको चन्द्रोदय आजै हुने हुँदा यसपालि तीज व्रत र चौरचन एकै दिन परेका हुन्”, झाले भने ।
चौरचन पर्वमा गाईको गोबरले लिपेर बनाइएको आँगनमाझको चामलको पिठोले बनाइएको अरिपन (चतुष्कोण) यज्ञस्थलमा दीप प्रज्वलित गर्दै बर्तालुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर पर्व समापन गर्ने मैथिल परम्परा छ । खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलपूmल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण यज्ञस्थलमै बसाएर प्रसाद खुवाएपछि चौरचन पर्व सम्पन्न गरिन्छ ।
हिन्दू मैथिल परम्परामा भाद्र शुक्ल चौथीका दिनको चन्द्र दर्शन दोषपूर्ण हुने भएकाले सो दोष मेटाउन दिनभरि निराहार व्रत बसी साँझ चन्द्रमालाई मिष्टान्न परिकार र फलपूmल देखाएर दोष मेट्ने प्रचलन छ । यो व्रत पुरुष महिला जसले गरे पनि हुने भए पनि मिथिलामा सामान्यतया घरमूली महिला व्रत बस्ने गर्छन् । मिथिलाको महत्वपूर्ण पर्वमध्ये पर्ने यो पर्व भदौ शुक्ल चौथीको चन्द्रदर्शन गरेर मनाइने चलन रहेको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिले बताए ।
भाद्र शुक्ल चौथीको चन्द्रदर्शनले झुठो अवगाल कहिल्यै नलाग्ने, मित्रहरु बढ्ने र चन्द्रमाको कृपाले कान्ति बढ्ने तथा जीवनमा शीतलता प्राप्त हुने जनविश्वास छ । अघि द्वापर युगमा राजा सत्राजितले उपहारमा प्राप्त गरेका श्यमन्तक मणि हराउँदा श्रीकृष्णलाई ‘बात’ लागेको र श्रीकृष्णले अवगाल मेट्न चन्द्रव्रत गरेलगत्तै मणि जाम्ववानकी छोरीसँग भेटिएको प्रसङ्ग श्रीमदभागवत महापुराण र कृष्णलिला काव्यमा वर्णित छ । त्यसै बेलादेखि चोरचन पर्व परम्परा चलेको विश्वास गरिन्छ । मैथिल परम्परामा चन्द्र दोष मेटाउने यो पर्व अब मधेसमा बस्ने अन्यले पनि मनाउन थालेका छन् । त्यसैगरी तीज व्रत लिने मिथिलानी ९मिथिलाका नारी० को सङ्ख्या पनि उल्लेख्य देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त