देशको रखवारी : युवालाई समयमै जिम्मेवारी
नेपाल किन बनेन भन्ने बहस बेला बेलामा चल्ने गरेको छ । बीबीसी नेपालीका दिवंगत पत्रकार सुशील शर्माले पहिले पटक यो बहस गहन ढंगले सुरु गरेका थिए । पछि गएर यो वहसमा रवीन्द्र मिश्र, मुमाराम खनाल, स्वर्णिम वाग्ले, लीलामणि पौडेल, गगन थापालगायत अरु नागरिक समाजका अगुवा पनि यसमा जोडिए ।
नेपाल किन बनेन भन्ने बहस बिचबिचमा अहिले पनि उठ्ने गरेको छ । यस छोटो लेखमा यसैबारे गनथन गरिएको छ । म राजनीतिमा मूलतः तीन समस्या देख्छु । पहिलो, नयाँ युगलाई बुझ्न असमर्थ फेजआउट भैसकेको जड नेतृत्व । आजका स्थापित नेताहरु युवाकालमा क्रान्तिकारी थिए । राजनीतिक विचार बोक्न आजको जस्तो सजिलो थिएन । राजनीतिमा समान्य आस्था देखिए पनि जेल जानुपर्ने, सम्पति जफत हुने र परिवारले दुःख पाउने अँध्यारो युगसँग आजको नेतृत्व लडेर आएको हो । उनीहरुले आफ्नो युगलाई बुझेका थिए । उनीहरुले त्यतिबेला लडेर आफु युवा हुनुको दायित्व निर्वाह गरे । उहाँहरुप्रति सम्मान छ ।
आज हामीले उपभोग गरिरहेको उन्नत लोकतन्त्र बूढा नेताहरुले दिएको देन हो । तर ती नेताहरु आजको युगलाई बुझ्न भने असमर्थ छन् । आज हामी समर्थ छौं । विरासत राजनीतिको नाममा नमरुन्जेल राजनीतिको बिँडो थाम्ने परम्परा गलत हो । स्कुल व्यवस्थापन, सहकारी, विश्वविद्यालय, हस्पिटल, राजनीति, जहाँ जहाँ समिति छ, त्यहाँ त्यहाँ बूढा पुस्ताहरू यथावत छन् ।
बूढाहरुलाई नयाँ सोच स्वीकार्न गाह्रो भैरहेको छ । जमाना यति द्रुत गतिमा बढिरहेको छ कि बूढा पुस्ताले त्यसलाई समात्न सकेका छैनन् । उनीहरुसँग विकासको नाममा बाटो, स्कुल हस्पिटल र बिजुली मात्रै छ । उनीहरुलाई आजको जल्दोबल्दो मुद्दा जस्तो कि क्लाइमेट चेन्ज, मानवाधिकार, इन्टरप्रेनरसिप आदिबारे खासै चासो छैन । बूढो पुस्ता अनुज पुस्ताप्रति चिन्तित छैन । अबको युवा पुस्ता राजनीतिको नाममा लडाई गर्न, आन्दोलन गर्न चाहन्नन् । उनीहरु आफ्ना योजना सोझै जनता माझ लगेर परिक्षण हुन चाहन्छन् ।
दोश्रो हो, राजनीतिकर्मीको उद्धमशीलताविहीन जीवनशैली । अहिले स्थापित नेताहरु धेरैको उद्धम इलम छैन । अधिकांश होल टाइमर राजनीतिकर्मी हुन् । उनीहरु बरु पूर्णकालीन राजनीतिज्ञ भनिन रुचाउँछन् । व्यापार, व्यवसाय, उद्योग, उत्पादन नगर्ने नेताले देशको उज्ज्वल भविष्यको कल्पना मात्रै गर्न सक्छ तर त्यसलाई चाहिने वास्तविक योजना बनाउन सक्दैन ।
वास्तवमा नेपाल पछि परेको सबै नेता पूर्णकालीन राजनीति गर्नाले हो । कुनै समय त्यो आवश्यक थियो होला, तर अब आवश्यक छैन । जसले उद्धम गर्दैन, उसले देशको आर्थिक प्रणाली बुझ्दैन । देशलाई कर तिर्नेलाई सम्मान गर्दैन । अझ डरलाग्दो पक्ष के भने बूढो पुस्ताले आफु पछाडि लागेको युवापंक्तिलाई पनि उद्धम गर्न सिकाइरहेको छैन । हामी कहाँ राजनीति गर्नेले उद्धम गर्नै हुँदैन भन्ने परेको छ ।
आफै उद्धम नगर्ने राजनीतिज्ञले चन्दा उठाएर राजनीति गर्नुपर्छ । चन्दा दिनेले केही रिटर्न अवश्य आस गर्छ । अन्ततः नेताले सम्झौता गर्नुपर्छ । अहिलेको नेताहरुलाई पार्टी राजनीति चलाउन चन्दादाताहरुसंग भर पर्नु परेको छ । यदि उद्धम गर्ने नेता भयो भने उसले आफ्नो खर्च आफै बेहोर्नेछ र कसैसंग कुनै सम्झौता गर्नुपर्ने छैन ।
तेश्रो, युवालाई अवसर दिनमा नियन्त्रण । आजको युवामा विश्व हाँक्ने क्षमता छ । टोलको युवा क्लब चलाएर बसेको युवा संसारको जुनसुकै ठाउँमा गएर प्रतिष्पर्धा गर्ने क्षमता राख्दछ । ज्ञान, सिप, सूचना र प्रविधिले गर्दा आजको युवा पुस्ता बूढो पुस्ताले सोचे भन्दा धेरै नै फरवार्ड छ । युवाहरु विश्वमा भैरहेका घटनाबारे क्षण भरमै जानकारी राख्छन् । युवाहरुको राजनीति नै हाइटेक सोचको छ । तर युवाको जोशलाई हामी कहाँ बूढा नेताहरुको पिछलग्गु बनाउन मात्र प्रयोग भैरहेको छ ।
हाल पुराना पार्टीको कमिटि प्रणाली नै यस्तो जटिल छ कि त्यहाँ युवा पुस्ता एजेन्डा राम्रो भए पनि आउन सक्दैन । अबको जमानामा युवाको अधिकतम प्रयोग नगर्ने देश यसैउसै पछि पर्छ । त्यसैले, युवालाई बूढो बनाएर होइन, उ युवा छँदै जिम्मेवारी दिऔं । देशको रखवारी, युवालाई समयमै जिम्मेवारी यो नारालाई सार्थक बनाऔं । देश साँच्चै बनाउने हो भने अब यी तीन समस्याको हाल गर्न जरुरी भैसकेको छ ।
लेखक मेकानिकल इन्जिनियर हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’