आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यो सिजन प्रिमियर लिगमा बर्खास्त हुने पहिलो म्यानेजर बने पार्कर

मङ्गलबार, १४ भदौ २०७९, १४ : ५०
मङ्गलबार, १४ भदौ २०७९

स्कट पार्कर प्रिमियर लिगको सन् २०२२–२३ को सिजनमा बर्खास्त हुने पहिलो म्यानेजर बनेका छन् । पछिल्लो खेलमा लिभरपुलविरुद्ध ९–० को लज्जास्पद हार बेहोरेसँगै बोर्नेमाउथले उनलाई बर्खास्त गरेको हो ।

पार्करले नै गत सिजन बोर्नेमाउथलाई प्रिमियर लिगमा उकाल्न प्रमुख भूमिका खेलेका थियो । नयाँ सिजनको पहिलो खेलमा एस्टन भिल्लालाई २–० ले हराउँदै राम्रो सुरुवात गरेको बोर्नेमाउथ त्यसयता भने लगातार तीन खेलमा पराजित भएको छ । यसक्रममा टोलीले एक गोल पनि गर्न सकेन भने १६ गोल खाएको थियो ।

क्लबका मालिक म्यासिम डेनिमले पार्कर र उनको टिमलाई धन्यवाद दिँदै गत सिजन टोलीलाई प्रिमियर लिगमा प्रोमोसन दिलाउन खेलेको भूमिकाको प्रशंसा गरेका छन् । यद्यपि क्लबलाई अघि बढाउन परिवर्तन आवश्यक भएको जिकिर गर्दै उनले पार्करको बर्खास्तीबारे स्पष्टीकरण दिएका छन् । उनले नयाँ प्रशिक्षकको तत्काल खोजी सुरु गरिने पनि जानकारी दिएका छन् । 

नयाँ प्रशिक्षक फेला नपारेसम्म बोर्नेमाउनथले ग्यारी ओनीललाई अन्तरिम म्यानेजर नियुक्त गरिएको छ । उनलाई साउन कुपर र टमी एलफिकले सहयोग गर्नेछन् ।

–गोलडटकमबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप