आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ब्रोकर लाइसेन्सको प्रक्रिया अघि नबढे आन्दोलन गर्ने चेतावनी

मङ्गलबार, १४ भदौ २०७९, १३ : २५
मङ्गलबार, १४ भदौ २०७९

धितोपत्र (सेयर) लगानीकर्ताहरुले ब्रोकर लाइसेन्सको नयाँ आवेदन अबिलम्ब खुल्ला गर्न सरकारसँग माग गरेका छन् । नियामक धितोपत्र बोर्ड (सेबोन) बाट ब्रोकर लाइसेन्सको प्रस्ताव स्वीकृत भइसकेर मन्त्रिपरिषद्मा पुगेको तर त्यहाँ त्यतिकै अड्काइएको भन्दै लगानीकर्ताहरु आन्दोलित भएका हुन् । 

मंगलबार एक ध्यानाकर्षणपत्र जारी गर्दै सेयर लगानीकर्ता एकता समितिले ब्रोकर लाइसेन्सको निर्णय गर्न सरकारलाई दुई दिने अल्टिमेटम दिएका छन् । आगामी बिहीबारसम्म पनि ब्रोकर लाइसेन्स खुला गर्ने विषय क्याबिनेटबाट स्वीकृत नभए ५३ लाख लगानीकर्ताहरुको तर्फबाट प्रतिनिधित्व गर्दै समितिले सरकार र मन्त्रीहरुविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएका छन् । 

ध्यानकर्षणपत्रमा सरकारले ५० वटा ब्रोकरको प्रभावमा परी  ५३ लाख भन्दा बढी लगानीकर्तालाई बन्धक बनाउन खोजिएको आरोप लगाइएको छ । ‘विगतमा १० लाखभन्दा कम लगानीकर्ता रहेका बेला पनि ५० वटा ब्रोकरहरु थिए । अहिले लगानीकर्ता संख्या ५३ लाख कटिसकेको छ । अहिले पनि ब्रोकर संख्या यतिमै सीमित गरिनु कुनै पनि हालतमा स्वीकार्य हुँदैन’ जारी ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप