मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

नेपालबाट साढे १२ करोडको यार्सागुम्बा निर्यात

मङ्गलबार, १४ भदौ २०७९, १२ : ५९
मङ्गलबार, १४ भदौ २०७९

नेपालबाट चालू आर्थिक वर्षमा साढे १२ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकअनुसार चालू वर्षमा १२ करोड ४७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट २०३ किलोग्राम यार्सागुम्बा निर्यात भएको तथ्यांकमा उल्लेख छ । नेपालबाट विश्वका ७ वटा देशमा यार्सागुम्बा निर्यात भएको भन्सार विभागले जनाएको छ । कम्बोडिया, हङकङ, दक्षिण कोरिया, सिंगापुर, बेलायत, अमेरिका र भियतनामले नेपालसँग यार्सागुम्बा किन्ने गरेका छन् ।

यीमध्ये कम्बोडियामा ६ करोड ४५ लाख रुपैयाँको यार्सागुम्बा निर्यात हुँदा हङकङमा ५ करोड ४ लाख रुपैयाँको यार्सागुम्बा निकासी भएको छ । यसैगरी, सिंगापुरमा १२ लाख ७७ हजार, बेलायतमा १९ लाख, अमेरिकामा ५० लाख र भियतनाममा १५ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप