नयाँ नोटको ‘नो’ चिन्ता : यस वर्ष मागे जति साट्न पाइने

नेपाल राष्ट्र बैंकले दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको सुकिला (नयाँ नोट) को व्यवस्था गरेको छ । केन्द्रीय बैंकले भदौ २६ गतेदेखि बजार पठाउने गरी उक्त परिणामको नयाँ नोटको व्यवस्था गरेको हो ।
यद्यपि, भदौ २६ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई सुकिला नोट उपलब्ध गराइने तयारी भएपनि औपचारिक निर्णय भने भइनसकेको राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवती नेपालले रातोपाटीलाई जानकारी दिए ।
‘यसपालि सुकिला नोटको प्रयाप्त व्यवस्था गरिएको छ । बजारको माग अनुसार नोटको वितरण हुन्छ’ नेपालले भने, ‘१० अर्ब छुट्याइएको छ, अपुग भए थप नोटको व्यवस्था गरिन्छ ।’
गत वर्ष बैंकले ८ अर्ब रुपैयाँ बराबरको सुकिला नोट बजारमा पठाएको थियो । प्रतिव्यक्ति नोट सटहीको अधिकतम १८ हजार ५०० रुपैयाँ सीमा तोकेर सुकिला नोट वितरण गरेको बैंकले यस वर्ष भने सीमा नलगाउने बताएको छ ।
गत वर्षहरुमा जस्तै यस वर्षपनि बैंकले रु. ५, रु. १०, रु.२०, रु.५० र रु.१०० गरी पाँच वटा खुजुरा सुकिला नोटहरु बजार पठाउने तयारी गरेको छ । नयाँ नोट पाएपछि बैंक तथा वित्तीय संस्थाहरुले आफु अनुकुल सर्वसाधारणलाई वितरण गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर
-
२ गोलले पछि परेको अवस्था उल्टयाउँदै चौथो स्थानमा उक्लियो सिटी
-
पेप्सीकोलाबाट ६० लाख लुटपाट, १३ जना पक्राउ
-
कनेक्ट आईपीएसजस्तै देखिने फेक यूआरएलबाट सावधान रहन आग्रह
-
त्रिविमा उपप्राध्यापक परीक्षाको रोचक नतिजा : २५ जना माग गरेकोमा ३ जना पास