‘परिवार’ को अमेरिकामा प्रिमियर
अमेरिकाबाट निर्माण गरिएको नेपाली लघु फिल्म ‘परिवार’ को प्रिमियर गरिएको छ । फिल्मको अमेरिकाको केन्टकी स्थित ल्याक्सिनटन सिटीमा प्रिमियर गरिएको हो । पछिल्लो समय अमेरिका रहदै आएका निर्देशक सुमन दाहालले फिल्म अमेरिकाको ल्याक्सिनटन शहरमा छायाँकन गरेर तयार पारेका हुन् । फिल्ममा वसुन्धरा भुषाल, एकनारायण सुवेदी, मन्दिरा दाहाल, डि डि कौशिक, ईश्वर प्रवासी, सविता चौलागाई, रवि कोइराला, सन्दिप अर्याल, आयुष ढुङ्गेल लगायतको मुख्य भूमिका छ ।
चन्दा दंगालले निर्माण गरेको यो फिल्मका सह निर्माता डि डि कौशिक हुन् । इश्वर प्रवासीले कथा लेखेको यो फिल्मको पटकथा, सम्वाद रवी अर्यालले तयार गरेका हुन् । जसमा अग्रेजी सब टाइटल सरोज प्याकुरेलको छ । यसमा अक्की शर्माको छायाँकन, रेनिश फागोको रंग संयोजन, ऐलिस कार्कीको पाश्व संगीत, मुकेश शाहको मिक्सिङ, भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
प्रिमियरमा सबैबाट राम्रो प्रतिक्रिया पाउँदा आफु उत्साहित भएको निर्देशक दाहालले बताए ।
प्रिमियरमा एनआरएनको तर्फबाट शशी अधिकारी, एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष केशव लोहोनी, अन्तर्राष्ट्रीय कलाकार समाज अमेरिका केन्टकी च्याप्टर अध्यक्ष अर्जुन थापा, स्थानीय नेपाली सामाजिक संस्था एन्का अध्यक्ष थिरलाल अर्याल स्थानीय सामाजिक संस्थाका पूर्व नेतृत्वकर्ता राम खनाल, मोहनी डुम्रे, प्रवासी नेपाली मंच अमेरिकाका उपाध्यक्ष गोपाल कंडेल, स्थानीय सामाजिक संस्थाका पूर्व उपाध्यक्ष बाबुराम अधिकारी लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’