बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा एकैदिन तीन हजारभन्दा बढी सवारी चालकलाई कारबाही

मङ्गलबार, १४ भदौ २०७९, १० : ५४
मङ्गलबार, १४ भदौ २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् । 

कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्यमा दुई हजार दुई सय १३  चालक रहेका छन्  ।  

कार्यालयले ट्राफिक नियमको पालना गरी सवारीसाधन चलाउन सबैलाई आव्हानसमेत  गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप