बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भारतका गौतम अडाणी बने विश्वकै तेस्रो धनी व्यक्ति

मङ्गलबार, १४ भदौ २०७९, १० : ४५
मङ्गलबार, १४ भदौ २०७९

भारतीय अर्बपति गौतम अडाणीले फ्रान्सका बर्नाड अर्नल्टलाई पछि पार्दै विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलिनयर्स इन्डेक्समा कुनै पनि एसियाली व्यक्ति शीर्ष तीन स्थानमा पुगेको यो पहिलो अवसर हो ।

१३७ बिलियन डलरसहित तेस्रो स्थानमा रहेका अडाणी अघि जेफ बेजोर इलोन मस्कमात्र रहेका छन् । मस्क २५१ बिलियन डलरसहित शीर्ष स्थानमा रहेका छन् भने बेजोस १५३ बिलियन डलरसहित दोस्रो स्थानमा छन् ।

चौथो स्थानमा फ्रान्समा बर्नाड अर्नल्ट रहेका छन् । त्यसपछि यो सूचीको शीर्ष १० मा क्रमशः बिल गेट्स, वारेन बफेट, ल्यारी पेज, सर्जी ब्रिन, स्टिभ बलमेर र ल्यारी एलिसन रहेका छन् । अर्का भारतीय व्यवसायी मुकेश अम्बानी ११ औँ स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप