शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको दीप बोर्डिङमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

गुनासो  सुनाउँदा प्राचार्यले अभिभावकलाई थर्काए
मङ्गलबार, १४ भदौ २०७९, १० : २५
मङ्गलबार, १४ भदौ २०७९

बुटवल उपमहानगर पालिका वार्ड ८ दीपनगर स्थित दीप बोर्डिङ हाई स्कुलका शिक्षकले कक्षा १० मा पढ्ने विद्यार्थीलाई घाइते हुने गरी कुटपिट गरेका छन् ।  विद्यालयका कम्प्युटर विषयका शिक्षक एकराज गुरागाईंले कक्षा १० अध्ययनरत  विद्यार्थी जेनित रायमाझीलाई कुटेपछि  कान र घाँटीमा चोट लागेको छ । 

तिलोत्तमा वडा नं ५ घर भएका जेनित कक्षा कोठामा हाँसेको भन्दै शिक्षकले कुटेको  विद्यार्थीमा आमा चन्दा रायमाझीले रातोपाटीलाई बताइन् । छोरालाई शिक्षकले कुटेपछि  अस्पताल लगेर उपचार गएकी छन् ।  छोरो बोल्न नसक्ने गरी घरमा आएपछि  घटनाबारे  बुझ्दा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आफूलाई  उल्टै हप्काएको बताइन्।   उनले भनिन  'मैले शिक्षकले कुटेछन्  बाबु घाइते भयो भन्दा प्राचार्यले  अलिअलि कुटिहाल्छन्  छन्  यस्ता  कुरा  मलाई सुनाउने  उल्टै मलाई हप्काए । मनोविज्ञानमा गम्भीर असर परेको छ । '

कक्षा ७ देखि सोही विद्यालयमा अध्ययन गर्दै आएका आफ्नो छोरा कुटिनु र घटना बारे बुझ्दा उल्टै थर्काउने काम हुनु ‘दादागिरी ’ भएको  उनको आरोप छ । शिक्षकको कुटाइबाट घाइते भएका जेनितलाई अभिभावकले सुरुमा तिलोत्तमा क्रिम सन अस्पतालमा लगेका थिए । त्यसपछि नाक टाँका घाटी रोग विशेषज्ञ कहाँ लैजान भनेपछि  लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रालिमा उपचार गराएका थिए ।  

कुटिएका जेनितलाई १५ दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । चिकित्सकका अनुसार कानमा चड्कन हान्दा जेनितको बङ्गारामा असर पुगेको छ । गाला सुन्निएको छ ।  उनलाई सामान्य  जाउलो  मात्र खुवाउन भनिएको छ । 

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले  शिक्षक दुई थप्पड हानेको आफूले बुझेको रातोपाटीलाई बताए । उनले अहिले अवस्था भौतिक कारबाही गर्न नमिल्ने भए पनि शिक्षकबाट गल्ती  भएको  रातोपाटीलाई बताए ।  घटना सार्वजनिक भएसँगै सम्बन्धित शिक्षकलाई सम्पर्क गरी छलफलका लागि  आफूले बताएको बताए । विद्यार्थी रायमाझी घर तिलोत्तमा नगरपालिको मणिग्राम  भए पनि  कक्षा ७ देखि यही विद्यालयमा  अध्ययन गर्दै  आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप