चन्द्रमामा पठाउने भनिएको रकेट प्रक्षेपण स्थगित
मङ्गलबार, १४ भदौ २०७९, ०८ : २०

अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ । आर एस–२५ इन्जिनमध्ये एउटामा तापक्रम समस्या देखिएपछि रकेट प्रक्षेपण स्थागित भएको नासाले जनाएको छ । उसले शुक्रबार अर्को प्रक्षेपण गर्न सक्ने जनाइएको छ ।
आर्टमिस नाम दिइएको यस कार्यक्रमले मानवलाई पुनः चन्द्रमामा पु¥याउने लक्ष्य लिएको छ । स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो ।
केनेडी अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार ८ बजेर ३३ मिनेटमा उक्त रकेट उडाउने तयारी थियो । तर, प्रविधिक समस्याका कारण प्रक्षेपण स्थगित गरिएको नासाले घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
-
काठमाडौँको १९ ठाउँमा होली सम्बन्धी कार्यक्रम
-
चन्द्रागिरीमा आत्मदाह प्रयास प्रकरण : युवकका परिवारले दिए प्रहरीमा जाहेरी
-
जसपा नेपालनिकट विद्यार्थी युनियनले राजर्षी जनक विश्वविद्यालयमा बुझायो ज्ञापन
-
एकीकृत समाजवादीले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्दै
-
रास्वपा कार्यालयमा मनाइयो होली