आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भारतका गृहमन्त्री शाहसँग राजदूत शर्माको भेटवार्ता

मङ्गलबार, १४ भदौ २०७९, ०६ : १५
मङ्गलबार, १४ भदौ २०७९

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतका गृहमन्त्री अमित शाहसँग गृह मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल र भारतबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा भएको राजदूत शर्मा बताए ।

गृहमन्त्री शाहसँग भेटेर कुरा गर्न पाउँदा खुसी लागेको राजदूत शर्माको प्रतिक्रिया छ । शर्माले  असारमा भारतीय सेना प्रमुख मनोज पाण्डेसँग भेटवार्ता गरेका थिए । 

यस्तै राजदूत शर्माले साउनमा भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका थिए । पछिल्लो समय राजदूत शर्माले भारतीय पक्षको भेटवार्तालाई तीव्रता दिएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप