बझाङमा नेकपा एसबाट भानुभक्त जोशीको नाम सिफारिस
नेकपा (एकीकृत समाजवादी) ले बझाङबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त जोशीलाई सिफारिस गरेको छ। जिल्ला कमिटीको विस्तारित बैठकले जोशीको नाम एकल रूपमा सिफारिस गरेको हो।
बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा पार्टीका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज दिल बहादुर सिंह, जिल्ला कमिटी उपाध्यक्ष कलक धामी र प्रदेश कमिटी सदस्य अक्कल धामीको नाम सिफारिस गरेको छ।
प्रदेश सभा (ख) का लागि केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज वीरेन्द्र भण्डारीलाई एकल सिफारिस गरिएको पार्टीले जनाएको छ। संघको समानुपातिकतर्फ प्रदेश कमिटी सदस्य माया तामाङ र पार्वती जोशीलाई सर्वसम्मत सिफारिस गरिएको छ।
यस्तै प्रदेश सभा समानुपातिकतर्फ राष्ट्रिय परिषद सदस्य राधिका रताला, अखिल नेपाल महिला संघकी जिल्ला कमिटी सदस्य अमृता महरा भण्डारी र अखिल नेपाल महिला संघकी जिल्ला कमिटी सदस्य सुनिता बोहराको नाम पठाइएको छ।
बझाङका अध्यक्ष इन्द्र बहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले स्थानीय चुनावको समीक्षा र आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावको रणनीतिबारे पनि छलफल गरेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि एमाले बैठकमा ओलीले जवाफ दिँदै
-
प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री र सचिवहरू अनुपस्थित
-
माओवादी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकियो
-
केन्द्रीय समिति बैठकमा बोल्न प्रचण्डले दिए जनार्दनलाई ‘विशेष समय’
-
एमाले बैठकमा दाने जग्गादेखि कारबाही फिर्तासम्मको चर्चा
-
नयाँ स्टक एक्सचेन्जको अनुमतिविरुद्ध सर्वोच्चका रिट