सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष सिलवालले भने– कोरोना बीमाको एक अर्ब रुपैयाँ एक हप्ताभित्र निकासा हुन्छ

सोमबार, १३ भदौ २०७९, २२ : २८
सोमबार, १३ भदौ २०७९

नियामक बीमा समितिले कोरोना बीमा बापतको एक अर्ब रुपैयाँ तत्काल निकास हुने जानकारी दिएको छ । सोमबार राजधानीमा सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा अध्यक्ष सूर्यप्रसाद सिलवालले अबको साता दिनमा कोरोना बीमा दाबी भुक्तानीका लागि एक अर्ब रुपैयाँ निकासा हुने बताए । 

अध्यक्ष सिलवालले भने, ‘कोरोना बीमा बापतको दाबी भुक्तानी हुन्छ, अर्थमन्त्रालयले स्वीकृत गरिसकेको छ । एक हप्ता भित्र एक अर्ब निकासा हुन्छ ।’  तर, कोरोना बीमा बापत बीमितहरुलाई करिब ७ अर्ब रुपैयाँ सरकारले भुक्तानी दिन बाँकी छ । पुनर्बीमा बापत करिब तीन अर्ब रुपैयाँ विदेशी कम्पनीबाट लिन बाकी रहेको र सरकारले स्रोतको व्यवस्थापन गरिरहेकाले बाकी भुक्तानी समेत छिट्टै हुने अध्यक्ष सिलवालले बताए ।

खासगरी लघु बीमाको लाइसेन्स वितरण सम्बन्धि यथार्थ जानकारी दिन पत्रकारहरुसँग अन्तरक्रिया गरेका सिलवालले अनावश्यक हल्लाको पछि नलाग्न सबैमा आग्रह गरे । लघु बीमा थप नयाँ लाइसेन्स वितरणका लागि नभएर दुर दराजका ग्रामीण स(सानो पुँजीलाई संकलन गर्दै बीमाको सुविधा प्रदान गर्न ल्याइएको उनले बताए । यस्तो सेवा ठूला भनिएका बीमा कम्पनीहरूबाट नभएपछि बाध्य भएर लघु बीमाको नीति अघि सार्नु परेको उनले बताए  ।

बीमा समितिले सातवटै प्रदेशमा एकएक वटा लघु बीमा रहने गरि ३ वटा जीवन लघु बीमा र ४ वटा निर्जीवन लघु बीमाको लाइसेन्स खुलाएको छ । यस्तो लघु बीमाको लाइसेन्सका लागि न्यूनतम ७५ करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप