बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण पाकिस्तानमा डुङ्गा दुर्घटना, ७ जनाको मृत्यु

सोमबार, १३ भदौ २०७९, २२ : ०२
सोमबार, १३ भदौ २०७९

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु हुनुका साथै अन्य १३ जना बेपत्ता भएका छन् । कम्तीमा २० जना सवार डुङ्गा सिन्धु नदी हुँदै जाँदै गर्दा प्रान्तको सेहवान सरिफ क्षेत्रमा बाढीको बहावमा फसेपछि पल्टिएको समाचारमा जनाइएको छ । 

उद्धार टोलीले सात जनालाई पानीबाट मृत अवस्थामा निकालेका छन् भने नदीमा बेपत्ता भएकाहरुको खोजी गरिरहेको छ । मुसलधारे मनसुनी वर्षाका कारण पाकिस्तानमा ठूलो क्षति पुगेपछि पाकिस्तानका पहाडी क्षेत्रका नदी नाला र समथर भूभागमा पनि ठूलो बाढी आएको छ ।

देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार देशका ७२ जिल्लालाई आपतकाल घोषणा गरिएको छ भने तीन करोड ३० लाखभन्दा बढी जनसङ्ख्या बाढीबाट प्रभावित भएका छन् । एनडीएमएको तथ्याङ्कअनुसार जुन १४ देखि अहिलेसम्म वर्षा र बाढीसँग सम्बन्धित छुट्टाछुट्टै दुर्घटनामा परी एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप