शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

होप्सेकोट गाउँपालिका दुई हजार बढी जनताले निःशुल्क स्वास्थ्य सेवा लिए

सोमबार, १३ भदौ २०७९, २१ : ३४
सोमबार, १३ भदौ २०७९

नवलपरासीको बर्दघाट सुस्ता पूर्वको होप्सेकोट गाउँपालिकाका दुई हजार बढिले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयोजकत्व र निजामती सेवा दिवस २०७९ को अवसरमा (सिभिल) अस्पतालको आयोजनामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट विकट होप्सेकोट पालिका २ हजार १७४ जनाले सेवा लिएका छन् । शिविरबाट महिला १२ सय ७१ र ९ सय ३  जना पुरुषले सेवा लिएको अस्पतालले जनाएको छ ।  

 सिभिल अस्पतालले तराईको विकट क्षेत्र मानिने होप्सेकोटमा तीन दिने स्वास्थ्य शिविर १० भाद्रबाट सञ्चालन सम्पन्न गरी  २६ जना विशेषज्ञ चिकित्सक सहित ५४ जना डाक्टर, नर्स र स्वास्थ्यकर्मीले सेवा दिई फर्किएको अस्पतालका निर्देशक डा.विधाननिधी पौडेलले बताए । 

एक्सरे मेसिन, अल्टा साउड, ल्याब परीक्षण मेसिन लगाएका स्वास्थ्य उपकरण काठमाडौंबाट लगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । अर्थो, आँखा, कान, मुटु, स्त्री तथा प्रसूति उपचार पहिचान सहित निःशुल्क स्वास्थ्य सेवा  तथा औषधि वितरण गरिएको हो । पाठेघर खसेकाहरूलाई रिङ राख्नुका साथै विभिन्न रोगका साना खालका सर्जरी समेत गरिएको निर्देशक डा.पौडेलले सुनाए ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य शिविरलाई औषधिहरू उपलब्ध गराएको थियो । यस्तै, भरतपुर अस्पतालका चिकित्सकहरूले शिविरमा सेवा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप