फरार अभियुक्त तीन वर्षपछि पक्राउ
सोमबार, १३ भदौ २०७९, २० : ४३
जबरजस्ती करणी उद्योगका फरार अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई इलाका प्रहरी कार्यालयले चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।
पन्ध्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई उच्च अदालत विराटनगर धनकुटाले १८ वर्ष कैद सजाय गर्न आदेश दिएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश गणेश ठाकुर र छुर्पा तामाङको २०७८ मङ्सिर २९ गते इजलासले १८ वर्ष कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट रु १५ हजार जरिवाना भराउन आदेश दिएको थियो । पक्राउ परेका लिम्बुलाई प्रहरीले आज जिल्ला अदालतमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा