शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ निर्वाचन आचारसंहिता (पूर्णपाठसहित)

सोमबार, १३ भदौ २०७९, २० : १५
सोमबार, १३ भदौ २०७९

निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता प्रकाशित गरेको छ । आयोगले निर्वाचन आचारसंहिता सोमबार राजपत्रमा प्रकाशित भएको हो ।

आयोगले निर्णय गरेको दिनदेखि लागू हुने निर्वाचन आचारसंहितामा दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ । आयोगका अनुसार केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति रहने छ ।

आयोगले तोकेको निर्वाचन आयुक्तको नेतृत्वमा गठन हुने केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कानून, गृह र सञ्चार मन्त्रालयका सचिवहरु रहने छन् । यस्तै जिल्लामा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा जिल्लास्तरीय आचारसंहिता अनुगमन  समितिमा प्रमुख जिल्ला अधिकारी सहसंयोजक, प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयको प्रमुख सदस्य रहनेछन् । 

 हेर्नुहोस् पूर्णपाठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप