शेयर धितोकर्जामा १२ करोडको सीमा राख्ने पक्षमा छैनौं : श्रेष्ठ
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश श्रेष्ठले शेयर धितोकर्जामा रहेको १२ करोडको सीमा कायम राख्ने पक्षमा नभएको बताएका छन् । सोमवार आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिले शेयर धितोकर्जामा कडाई गरेको तर ४/१२ करोडको सीमामा ४ करोड हटाएर १२ मात्रै कायम गरिएको बताए । डा.श्रेष्ठले गत वर्ष राष्ट्र बैंकलाई शेयर धितोकर्जामा ४/१२ भनेर ट्याग नै लागेकाले १२ करोडको सीमा पनि कायम राख्ने पक्षमा नभएको स्पष्ट पारे । उनले राष्ट्र बैंकको लागि शेयर मार्जिन ट्रेडिङमा ठूलो समस्या नभएको भन्दै शेयर मार्जिन ट्रेडिङमा विभिन्न स्टुमेण्टहरुको शुरुवात हुनुपर्ने बताए । उनले विधि, सेवनका नियमहरु भए राष्ट्र बैंकलाई निर्देशन जारी समस्या नभएको बताए ।
कार्यकारी निर्देशक श्रेष्ठले शेयर कारोबारको लागि बैंकको कर्जा शुन्य गर्न नसकिने बताए । उनले बैंकको कर्जा अन्य धेरै क्षेत्रहरुमा आवश्यक भएकाले शेयर कारोबारको लागि थोरै मात्रै बैंक कर्जा प्रयोग गर्दा अन्य क्षेत्रलाई बैंक कर्जा उपलब्ध गराउन सहज हुने बताए । उनले अहिले उत्पादनका धेरै क्षेत्रहरुलाई कर्जाको खाँचो भएको बताए । डा.श्रेष्ठले समग्र पुँजी बजारको विकासको लागि राष्ट्र बैंक सकारात्मक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?