सहकुल थापालाई कार्यबाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी
सोमबार, १३ भदौ २०७९, १९ : ४८
कार्यबाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी एआईजी सहकुल थापाले पाएका छन् । प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले विश्वभरका प्रहरी प्रमुखहरुको सम्मेलनमा जानुअघि थापालाई कार्यबाहक जिम्मेवारी दिएका हुन् ।
सोमबार साँझ आईजीपी सिंह अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका प्रहरी प्रमुखहरुको सम्मेलन हुँदैछ । अगस्ट ३१, सेप्टेम्बर १ र २ मा आयोजना हुने सम्मेलनमा आईजीपी सिंह सहभागी हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघले आयोजना गरेको सम्मेलनमा सहभागी हुन शसस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल पनि अमेरिका प्रस्थान गरेका छन् । नेपाल प्रहरीमा यसअघि जुनियर एआईजीले पनि कार्यबाहक पाउने प्रचलन थियो । तर, यसपटक सिंहले सो त्रुटी सच्याएर बरिष्ठ एआईजीलाई कार्यबाहकको जिम्मेवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ