शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपको  ट्रफी नेपालमा

सोमबार, १३ भदौ २०७९, १९ : ४२
सोमबार, १३ भदौ २०७९

आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने प्रतियोगिताको ट्रफी नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

ट्रफीको प्रदर्शनी भोलि मंगलबारबाट गरिने छ । ट्रफी भोलि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने छ । बिहान ७:३० बजे सगरमाथाको काखमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जनाएको छ । त्यस्तै ट्रफी बुधबार भक्तपुर दरबारस्क्वारमा ११:३० बजेबाट प्रदर्शनीमा राखिने बताए । ट्रफी टुरमा नेपालका पूर्व खेलाडी महेबुब आलम सहभागी हुनेछन् ।

क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो ।  यसअघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो । विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप