आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बीमा समितिका अध्यक्ष सिलवालको आक्रोश-बच्चा जन्मिएको छैन, छोरी कि छोरा !

सोमबार, १३ भदौ २०७९, १९ : २६
सोमबार, १३ भदौ २०७९

लघु बीमा लाइसेन्स वितरणको विषयलाई लिएर बजारमा अनावश्यक हल्ला, शंका तथा उपशंका व्यक्त भएको भन्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आक्रोश व्यक्त गरेका छन् । ग्रामीण क्षेत्रको साना पुँजी भएका, गरिब, साना लघु व्यवसाय र सम्पत्तिको सुरक्षण गर्नकै लागि समितिले लघु बीमा योजना अघि बढाएको उनले बताए । 

तर, बजारमा पैसा खाएर समितिले लाइसेन्स बाँड्न लागेको भन्ने गलत होहल्ला गरिएको भन्दै अध्यक्ष सिलवालले भने,‘बच्चा जन्मिएको छैन छोरा कि छोरी ! भर्खर मात्र लाइसेन्सको आह्वान गरिएको तर को आउँछन् आउँदैनन् त्यो पनि थाहा छैन । तर, सेटिङमा लाइसेन्स बाँड्न लाग्यो भनेर मनोगत धारणा बनाइएको छ’ सिलवालले भने ।

लाइसेन्सका लागि आउने आवेदनबाट तोकिएको दायरा तथा प्रक्रिया पूरा गर्ने र कम्तिमा पनि पाँच वर्षको व्यवसायिक स्थायित्वको समेत सुनिश्चित गरेकालाई मात्र लाइसेन्स प्रदान गर्ने उनले बताए । समितिले कार्यलय र कार्य क्षेत्र दुबै उपत्यका बाहिर हुनेगरी नयाँ लघु बीमा कम्पनीको लाइसेन्स प्रदान गर्ने तयारी गरेको छ । 

पहिलो चरणमा सात प्रदेशमा एक एक वटा लघु बीमा रहनेगरी ३ वटा जीवन लघु बीमा र ४ वटा निर्जीवन लघु बीमाका लागि लाइसेन्स दिने समितिको तयारी छ । लघु बीमा कम्पनीका लागि ७५ करोड चुक्ता पुँजी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप