आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

केन्यासँग हार्‍यो नेपाल

सोमबार, १३ भदौ २०७९, १९ : २०
सोमबार, १३ भदौ २०७९

नेपाल केन्याविरुद्धको चौंथो टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा पराजित भएको छ । सोमबार भएको खेलमा घरेलु टोलीले नेपाललाई ७ रनले हराएको हो ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १०२ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । त्यस्तै आदील अन्सारीले ८ रन जोड्दा दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल र अर्जुन साउद समान ६ रनमा आउट भए । केन्याका रकिप पटेलले तीन विकेट लिए । भिराज पटेल, शेम एन्गोचे  र एलिज्ह ओटिनोले दुई/दुई विकेट लिए ।

यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए । यस्तै कोलिन्स अबुयाले २० रन बनाए । कप्तान शेम एन्गोचेले १३ रनको योगदान गरे । नेपालका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए ।  उनले ४ ओभरमा मात्र ९ रन खर्चिए । आदील अन्सारीले दुई तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए । 

यो जितसँगै केन्याले नेपालविरुद्धको सिरिज २-२ को बराबरी गरेको छ ।  नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ । टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप