बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

समानुपातिकतर्फको निर्वाचनमा भाग लिन ७६ दलबाट ६८ वटा निवेदन

सोमबार, १३ भदौ २०७९, १८ : ११
सोमबार, १३ भदौ २०७९

प्रतिनिधिसभा अन्तरगत समानुपातिकतर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ७६ वटा दलबाट ६८ वटा निवेदन परेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिनका लागि विभिन्न ७६ वटा दलबाट ६८ वटा निवेदन परेको जानकारी दिए । 

त्यसैगरी प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन परेको छ । यस्तै मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा, बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा, गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० वटा निवेदन परेको अर्यालले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप