शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा विमान दुर्घटना, ३ जनाको मृत्यु

सोमबार, १३ भदौ २०७९, १८ : ०६
सोमबार, १३ भदौ २०७९

अस्ट्रेलियाको उत्तरपूर्वी राज्य क्वीन्सल्याण्डमा सोमबार विमान दुर्घटना हुँदा विमानमा सवार सबै तीन जनाको मृत्यु भएको राज्य प्रहरीले जनाएको छ । हल्का विमान क्वीन्सल्याण्डको राजधानी ब्रिस्बेनको पश्चिममा फर्नभेल नजिकैको झाडीमा दुर्घटना भएको हो ।

प्रारम्भिक  विवरण अनुसार विमान स्थानीय समय अनुसार बिहान १० बजे डल्बी प्रस्थान गरेको थियो र आरचेर्फिमा अवतरणका निम्ति निर्धारित थियो।  अष्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोको सहयोगमा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेकोले जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप